RemembringC.P. Lohani
Movie's Credit : Cast / Playback Singer
News
‘माइतीघर’ अभिनेता सीपी लोहनीको निधन
अभिनेता सीपी लोहनीको निधन भएको छ । चितम्बरमप्रसाद लोहनी वास्तविक नामका अभिनेताको ८६ वर्षको उमेरमा सोमबार दिउसो १ः३० बजे निधन भएको हो । अल्जाइमर्स पीडित उनको उपचारको क्रममा काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।
लोहनीको पार्थिव शरीरलाई सोमबार अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् ।
निजी क्षेत्रले निर्माण गरेको पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता लोहनी गायक समेत थिए । रेडियो नेपालमा केही गीत रेकर्ड गरेका उनले ‘माइतीघर’का गीतमा समेत स्वर दिएका छन् ।
नेपालीसहित हिन्दी र बंगाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री माला सिन्हासँग उनको प्रेम विवाह भएको थियो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



