Buddhi Tamang   
Movie's Credit : Cast / Special Appearance / Art Director
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

सौगात र दियाको ‘मन्त्र’ बैशाख १६ मा

लेन्सनेपाल २०७८ फागुन २४
सौगात र दियाको ‘मन्त्र’ बैशाख १६ मा

चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति तय भएको छ । हिमाली प्रेम कथा भन्ने भनिएको चलचित्र आउँदो वर्ष बैशाख १६ गतेबाट देशभर प्रदर्शनमा आउने छ । निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्द उक्त कुराको जानकारी दिएको हो ।

सौगात मल्ल, बुद्धि तामाङ, दीया पुनलगायतका काकारको अभिनय रहेको चलचित्र अर्गानिक नेपाली चलचित्र बनेको निर्देशक खिल बहादुर गुरुङले बताएका छन् । हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्रको छायाँकन करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर गरिएको छ । गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई चलचित्रले समेटेको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

पत्रकार सम्मेलनमा सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । उनी बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन् ।