Buddhi Tamang   
Movie's Credit : Cast / Special Appearance / Art Director
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘घरजम’को बिशेष शो सम्पन्न

लेन्सनेपाल २०७६ मंसिर २०
‘घरजम’को बिशेष शो सम्पन्न

चलचित्र ‘घरजम’को बिशेष शो सम्पन्न भएको छ  । राजधानिको बिग मुभिजमा सम्पन्न बिशेष शोमा चलचित्र हेरेका दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

मौसम लिम्बुद्धारा निर्देशित चलचित्र लिम्बु संस्कृतिमा आधारित रहेको छ । निर्देशक लिम्बुले दर्शकबाट प्राप्त प्रतिक्रियाले आफुहरु उत्साहित भएको जनाएका छन् । लिम्बुले देशका केही स्थानहरुमा बिशेष शोको आयोजना भइरहेको र निकट भविष्यमै चलचित्रको सार्वजनिक प्रदर्शन गरिने समेत जनाएका छन् ।

चलचित्रमा बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रबि शेर्मा, कुशल थलङ, सुस्मा सुब्बालगायत कलाकारहरुको अभिनय रहेको छ ।

रेमियो फिल्मस प्रा. लि. को ब्यानरमा बनेको चलचित्रका निर्माता सिता तुम्बापो पन्धाक र किशोरकुमार पन्धाक हुन् भने तेज लिम्बु सह निर्माता हुन् ।