Buddhi Tamang   
Movie's Credit : Cast / Special Appearance / Art Director
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मकवानपुरकी अनुसँग बुद्धिको विवाह

लेन्सनेपाल २०७९ असोज ७
मकवानपुरकी अनुसँग बुद्धिको विवाह

कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । शुक्रबार तामाङ परम्परा अनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।

कौशलटारको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह चलिरहेको छ । विवाहमा दुवै तर्फका पारिवारिक सदस्य र केही कलाकारहरू उपस्थित छन् । अनुसँग बुद्धिको मागी विवाह भएको हो ।

नाटकबाट अभिनय यात्रा शुरु गरेका बुद्धिले टेलिचलचित्र हुँदै ठुलो पर्दाको चलचित्रमा अभिनय गरेका हुन् । उनी हाँस्य कलाकारका रुपमा चर्चित छन् ।