This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
कार्तिक १५ मा आउने भो बिराज भट्टको ‘साङ्लो’
चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । पोस्ट-प्रोडक्सनको काम भइरहेको यो चलचित्र छठ पर्वको अवसर पारी कार्तिक १५ गतेबाट प्रदर्शन हुने भएको हो ।
विराज भट्ट, निकिता चाण्डक, काश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतका कलाकारको अभिनय रहेको एक्सन लभस्टोरी जनराको चलचित्रलाई विराज भट्टले नै निर्देशन गरेका हुन् ।
बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण भएको चलचित्रमा बिराज र तेज बहादुर खड्काको लगानी रहेको छ । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, शिवम अधिकारीको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा चलचित्रको छायाँकन गरिएको हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




