Bipin Karki   
Movie's Credit : Cast / Dialogue

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘सेल्फी किङ’को टिजर सार्वजनिक

लेन्सनेपाल २०७६ मंसिर १८
‘सेल्फी किङ’को टिजर सार्वजनिक

चलचित्र ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार मध्यरातमा चलचित्रको टिजर सार्वजनिक भएको हो ।

टिजरले सफलताको शिखरमा रहेको कलाकारको रवाफ र यथार्थ बिचको अवस्था देखाएको छ । टिजरमा अभिनेता बिपिन कार्कीले बोलेको संवादले पनि यही भन्छ । संवाद यस्तो छ ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी भन्ने कुरा छ नी मूतको न्यानो मात्रै हो । एकछिन तातो हुन्छ, मज्जा आउँछ । एकछिनमा जब चिसो हुन्छ नी अनि गनाउन थाल्छ, घिन लाग्न थाल्छ ।’

१ मिनेट २ सेकेण्ड लम्बाईको टिजरभरी अभिनेता विपिन कार्कीलाई फिचर गरिएको छ । ‘सेल्फी किङ’ को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रमा देखाइएको छ । चलचित्रको शिर्ष भुमिकामा विपिनको अभिनय रहेको छ ।

आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दिनेश राउत र सुवास थापाले निर्माण गरेका हुन् । बिशाल सापकोटाको निर्देशन रहेको चलचित्रमा उनकै लेखन, सुशन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ ।

चलचित्रमा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका सह-निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।