This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘परी : उड्न देऊ’ निर्माणको घोषणा
चलचित्र ‘परी : उड्न देऊ’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको चलचित्रमा विपिन कार्की र श्रृष्टि खड्काको मुख्य भुमिका रहने भएको छ ।
चलचित्रलाई निशान कस्यपले निर्देशन गर्नेछन् । म्यूजिक भिडियो सम्पादक तथा निर्देशकका रुपमा स्थापित कस्यपले यसै चलचित्रबाट निर्देशकका रुपमा डेव्यु गर्दैछन् । अभिनेत्री खड्काको पनि यो डेव्यु चलचित्र हो । कायृक्रममा बोल्दै निर्देशक कश्यपले एउटा उत्कृष्ट चलचित्र बनाउने इमान्दार प्रयास गर्ने बताएका छन् । उनका अनुसार चलचित्र रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ ।
बैशाखबाट छायाँकन सुरु हुने जनाइएको चलचित्रमा साढे एक करोड लगानी हुने जनाइएको छ । रुपेशमान अमात्यले निर्माण गन चलचित्रमा निर्देशक कश्यपकै कन्सेप्ट, निपिल शर्माको कथा लेखन र पुरुषोत्तम प्रधानको छायाँकन रहने जनाइएको छ । अन्य कलाकार भने फाइनल हुन बाँकी रहेको बताइएको छ । चलचित्र आरएन आइकनको ब्यानरमा छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



