Binod Paudel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
क्यारेक्टरसँग कलाकारको अन्र्तवार्ता

गीत रिलिजबाट नै प्रचारमा नयाँ शैली अपनाएको चलचित्र ‘बुलबुल’ले क्यारेक्टरसँग कलाकारको अन्र्तवार्ता सार्वजनिक गरेको छ । चलचित्रको मुख्य भुमिकामा देखिएकी कलाकार स्वस्तिमा खड्काले आफुले निभाएको क्यारेक्टर रनकलासँग अन्र्तवार्ता लिएकी छिन ।
प्रचारका लागि तयार गरिएको क्यारेक्टरसँग कलाकारको अन्र्तवार्तामा रनकलाको चरित्र दर्शकलाई बुझाउन खोजिएको छ । अन्र्तवर्तामा टेम्पो चलक महिलाको समस्या, प्रेम र चेतनाको स्तरलाई देखाइएको छ ।
यसअघि सार्वजनिक गरिएको पहिलो टिजर चोपेन्द्र नामका यात्रुको भुमिकामा देखिएको मुकुन भुषाललाई स्थापित गराउन सफल भएको थियो भने दोस्रो टिजरले रनकला र चोपेन्द्रको प्रेमलाई दर्शाएको थियो । यसपटक सवस्तिमाको क्यारेक्टरलाई दर्शकमाझ स्पष्ट पारिएको छ ।
फाल्गुन ३ गतेबाट रिलिज हुने चलचित्रलाई बिनोद पौडेलले निर्देशन गरेका हुन । चलचित्रले टेम्पो चालक महिलाको कथालाई केन्द्रमा राखेको छ । स्वस्तिमा टेम्पो चालकको भूमिकामा छिन । चलचित्रमा स्वस्तिमा र मुकुनका अलवा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रको कथा, पटकथा तथा संवाद विनोद पौडेलले लेखेका हुन् । रामराजा दाहाल कार्यकारी निर्माता रहेको चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर निर्माण गरेका हुन् ।
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal