Binod Paudel   
Movie's Credit : Cast / Director / Story / Screenplay / Dialogue

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

अस्करका १० विद्यार्थीकालाई ‘बुरसरी अवार्ड’

लेन्सनेपाल २०७७ श्रावन ३०
अस्करका १० विद्यार्थीकालाई ‘बुरसरी अवार्ड’

‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’मा अध्ययन गरिरहेका १० जना विद्यार्थीलाई सिंगापुरको फिल्म स्टुडियोले ‘बुरसरी अवार्ड’ दिने भएको छ । अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरमा रहेको इन्फिनिट स्टुडियोसँग यो बर्षका लागि १० जना विद्यार्थीलाई अवार्ड प्रदान गर्ने सम्झौता भएको बताएका छन् ।

यसअघि स्टुडियोले हरेक बर्ष ५ जनालाई छात्रवृत्ती प्रदान गर्दै आएको थिजो । पौडेलका अनुसार ३५ हजार रकम सहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई प्रदान गर्दै आएको थियो । तर, स्टुडियोले यो साल प्रदान गर्ने बुरसारी शीर्षकमा बाँड्न लागेको अवार्ड भने पहिलो, दोस्रो र तेस्रो तीनै तहमा पढ्ने विद्यार्थीले पाउन सक्नेछन् ।

१७ हजार ५ सय नगद रहेको यो छात्रवृत्ती पहिलो र दोस्रो वर्षमा चार –चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँड्ने तयारी भएको पौडेलले बताएका छन् । दुई कलेजले वि.सं २०७३ सालदेखि यो बिषयमा सहकार्य गर्दै आएका छन् ।

Today's Birthday (2)