This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
फ्राइडे रिलिज : ‘पासवर्ड’ र कमेडी जनराको चलचित्र ‘हिरो नं. 1’
आजबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । एक्सन, थ्रीलर र सस्पेन्स जनराको चलचित्र ‘पासवर्ड’ र कमेडी जनराको चलचित्र ‘हिरो नं. 1’ प्रदर्शनमा आएका हुन् ।
चलचित्र ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ । भने बलिउड अभिनेत्री सन्नि लिोनीले एक गीतमा नृत्य गरेकी छिन ।
सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको चलचित्रको कथा सिमा गुरुङले लेखेकी छन् ।
अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी रहेका छन् । यस्तै युकेको लागि कार्यकारी निर्माता मोहित छब्रा, अजित के आर थापा सह निर्माता र सनिश खकुरेल लाइन प्रोड्युसर हन् ।
यस्तै चलचित्र ‘हिरो नं. 1’मा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । नायक जय किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्रमा जयकिशनकै लेखन, बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द र सुदिप पाण्डेको सम्पादन रहेको छ ।
ब्रबिम बस्नेत र जाहान्वी बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम माङ्मु र बिशाल गुप्ता सहनिर्माता रहेका छन् भने मदन ताम्राकार कार्यकारी निर्माता हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




