Bikash Raj Acharya   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

आयुषले गाउने भए ‘हजार जुनीसम्म’को शिर्ष गीत

लेन्सनेपाल २०७६ श्रावन १
आयुषले गाउने भए ‘हजार जुनीसम्म’को शिर्ष गीत

आयुष केसीले नेपाली चलचित्रमा गीत गाउने भएका छन् । भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो भएका आयुष पछिल्लो समय चर्चामा छन् ।

आयुषले चलचित्र ‘हजार जुनीसम्म’ मार्फत पाश्र्वगायनमा डेब्यु गर्न लागेका हुन् । उनको स्वर रहने गीतमा बालकलाकार अनुभव रेग्मी फिचर्ड हुनेछन् । चलचित्रको शिर्ष गीत ‘हजार जुनीसम्म’मा आयुषको स्वर रहनेछ ।

विकासराज आचार्यको निर्देशन रहेको चलचित्र भाद्र ६ गतेबाट प्रदर्शन हुनेछ । चलचित्रमा अनुभवका अलवा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन, बिकासराज आचार्य र सामिप्यराज तिमिल्सेनाको लेखन रहेको छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता विशाल चाम्लिङ हुन ।