Bijay Baral   
Movie's Credit : Cast / Casting Director
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन समाप्त

लेन्सनेपाल २०८१ आषाढ ३०
‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन समाप्त

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । चलचित्रको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा गरिएको हो ।

जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र चलचित्रको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल यस्तै बालकालकारमा  जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।

चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल–ड्रामा जनरा रहेको चलचित्रका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । चलचित्रमा उनी स्वयमको लेखन रहेको छ । यो चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी चलचित्रको लगानीकर्ता हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत र हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । चलचित्रका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ ।

निर्माण टिमले चलचित्रलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।