Bhuwan Chand
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘साईनो’को दोस्रो गीत ‘क्या बात छ’ सार्वजनिक

चलचित्र ‘साईनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । भिडियो साभलेदारी सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको चलचित्रको आइटम गीतमा अभिनेत्री नीता ढुंगाना, राज कुमार र राजा राजेन्द्रलाई फिचर्ड गरिएको छ । ‘क्या बात छ’ बोलको गीतमा यमन सुबेदीको शब्द, किरण भुषालको संगीत, मिना निरौलाको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा नीता, राज र राजा राजेन्द्रसँगै मिरुना मगर, भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।
वरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्रमा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायाँकन र बनिश शाहको सम्पादन रहेको छ । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् भने ।
रमेश थापा निर्देशित चलचित्र साउन २४ गतेबाट प्रदर्शन हुनेछ ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal