Bholaraj Sapkota   
Movie's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७९ बैशाख १
चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक

चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । मिलन डि काप्रि निर्देशित चलचित्रको ट्रेलर बुधबार इन्टरनेट मार्फत रिलिज गरिएको हो ।

२ मिनेट लामो सार्वजनिक ट्रेलरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा दखिएका छन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय चलचित्र हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र आगामी बैशाख २३ गतेबाट रिलिज हुनेछ ।

चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामा लगायतको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।