Bholaraj Sapkota   
Movie's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

पोष्टर सार्वजनिक गर्दै ‘षट्कोण’को प्रदर्शन मिति घोषणा

लेन्सनेपाल २०७८ चैत्र १६
पोष्टर सार्वजनिक गर्दै ‘षट्कोण’को प्रदर्शन मिति घोषणा

पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । साइकोलोजिकल थ्रिलर चलचित्र आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता कर्मालाई मात्र प्रस्तुत गरिएको छ ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । कोरोना महामारी अगाडी नै निर्माण भएको चलचित्रमा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।