Benisha Hamal   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘बेडसिन’ कथाको माग – बेनिशा हमाल

लेन्सनेपाल २०७६ श्रावन १
‘बेडसिन’ कथाको माग – बेनिशा हमाल

‘नेशनल अवार्ड वीनर’ अभिनेत्री बेनिशा हमाल अभिनित चलचित्र ‘घर’ शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘व्लाइण्ड रक्स’बाट अभिनयको तारिफ बटुलेकी बेनिशाका लागि त्यही प्रशंशा कायम राख्नुपर्ने चुनौती पनि छ ।

यसअघि लभस्टोरी चलचित्रमा फिट देखिएकी बेनिशाले ‘व्लाइण्ड रक्स’मा दृष्टि बिहिनको भूमिकामा अभिनय गरेकी थिइन । यसपटक भने उनले हरर जनराको चलचित्रमा काम गरिन । पहिलो पटक हरर जनरामा काम गरेकी बेनिशाको अनुभव अन्य चलचित्रका तुलनामा केही भिन्न रह्यो । यो चलचित्रमा काम गर्दा आफ्नो क्यारेक्टर मात्र नभएर टेक्निकल कुराहरुमा पनि ध्यान दिनुपरेको उनको भनाई छ । टेक्निकल पार्टका पनि सानो सानो कुरा याद गरेर काम गर्नुपरेको बेनिशा बताउँछिन ।

त्यसो त चलचित्रको प्रोमो हेरेर थेरैले बेनिशाको क्यारेक्टर भूतको हो भन्ने अनुमान गरेका छन् । बेनिशाको फरक लुक्सले पनि त्यसलाई बल दिएको छ । उनीले क्यारेक्टरमा फिट हुन खैरो कपाल बनाएर नाकमा सानो आकारको बुलाकी लगाएकी छन् । जुन गेटअपमा बेनिशा बोल्ड देखिन्छिन् । जुन लुक्स स्क्रिप्टको डिमान्ड अनि निर्देशकको कल्पना भएको बताउँछिन । निर्देशकले सोचे अनुरुपको क्यारेक्टरलाई आफुले उतार्ने प्रयास गरेको उनको भनाई छ । बेनिशाको क्यारेक्टर यही नै हो भनेर खुलाइएको छैन । धेरैले भूतको क्यारेक्टर गरेको भनिरहदा बेनिशा भने आफ्नो क्यारेक्टरले तर्साउने हो वा आफै तर्सने हो त्यो भने साउन ३ गते थाहा हुने जनाउछिन । निर्देशकको अनुमति नभएको भन्दै आफ्नो क्यारेक्टर खुलाउन नचाहेकी बेनिशाले सम्भवत पहिलो पटक चलचित्रका लागि बेडसिन पनि दिएकी छिन । बेनिशा उक्त बेडशिल आफुले नभएर चलचित्र भित्रको क्यारेक्टरले दिएको बताउँछिन । कथाको माग अनुसार नै राखिएको उक्त दृष्यलाई दर्शकले पचाउने बिश्वास पनि उनमा छ ।

‘व्लाइण्ड रक्स’ रिलिजको लामो समयपछि बेनिशा अभिनित चलचित्र प्रदर्शन हुँदैछ । बेनिशा यो ग्याप राम्रो कामको खोजीमा भएको जिकिर गर्छिन । यो बीचमा धेरै अफर आए पनि बलियो स्कृप्ट, टिम र क्यारेक्टर नपाएका कारण नै ग्याप गरेको उनको भनाई छ । त्यसो त ‘घर’मा काम गर्नुको कारण पनि उनले खुलाइन । यो चलचित्रको टिम मात्र नभएर स्कृप्ट र आफ्नो क्यारेक्टर पनि बलियो रहेको उनको कथन छ । उनले शुरुमा राम्रो मेकरबाट अफर आएकोले ‘घर’मा काम गर्ने सहमति दिएको र पछि हरर जनराको भन्ने थाहा पाउदा झनै उत्साहित भएको बताउँछिन ।

चलचित्रमा बेनिशाका अलवा सुरक्षा पन्त, अर्पण थापालगायतका कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेको लगानी रहेको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।