RemembringBaikuntha Man Maskey   
Movie's Credit : Cinematographer / Editor

News

छायाँकार मास्केको कोरोनाका कारण निधन

लेन्सनेपाल २०७७ कार्तिक २
छायाँकार मास्केको कोरोनाका कारण निधन

नेपाली चलचित्रका प्रथम नेपाली छायाँकार वैकुण्ठमान मास्केको कोरोना भाइरस सक्रमणका कारण निधन भएको छ। मास्केको ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे १ बजे निधन भएको हो । यद्यपी निधनको खबर भने ढिला गरि बाहिरिएको छ ।

काठमाडौंको बांगेमुढामा विक्रम संवत् १९९५ साल कात्तिक १९ गते बुधबार एकादशीका दिन जन्मिएका मास्केले मृगौलामा समस्यामा भएका कारण ७ वर्षदेखि डायलसिस गर्दै आएका थिए । ८२ वर्षीय मास्केको परिवारको उपस्थितिमा शुक्रबार नै नेपाली सेनाले अन्तिम संस्कार गरेको छ । त्रिपुरेश्वरमा बस्दै आएको उनको परिवारमा श्रीमती र एक छोरी रहेका छन् ।

मास्के २०२४ सालमा प्रदर्शनमा आएको चलचित्र हिजो आज भोलिबाट सहायक छायाँकारका रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । मास्केले २०२७ सालमा प्रदर्शित चलचित्र परिवर्तनका निम्ति अपरेटिभ क्यामेरामेन र २०३१ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित मनको बाँधको पूर्णरूपमा सबै जिम्मेवारी छायाँकन गरेका थिए ।