This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र चङ्गा चेटको पोष्टर सार्वजनिक, चङ्गामै उडे कलाकार
चलचित्र चंङ्गा चेटको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दिपेन्द्र के खनाल निर्देशित चलचित्रको पोष्टरमा कलाकारहरुलाई चंङ्गामा उडाइएको छ ।
चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री, शिशिर बाङदेल, माओत्से गुरुङलगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
कात्तिक १६ गतेबाट रिलिज हुने चलचित्रको ट्रेलर आइतबार सार्वजनिक गरिने समेत जनाइएको छ । डार्क कमेडी शैलीको यो चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।
चलचित्रमा निरक कँडेलको छायाँकन, सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । । निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा विशेष भूमिका देखिएका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


