This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
समाज सेवामा प्रियंका र आयुष्मान, खोले आयंका फाउन्डेसन
कलाकार जोडी आयुष्मान देसराज जोशी र प्रियंका कार्कीले परोपकारी संस्था ‘आयंका फाउन्डेसन’को औपचारिक घोषणा गरेका छन् ।
केही समय अघि ईङगेजमेन्ट गरि असारमा विवाह गर्ने तयारीमा रहेको यो जोडिले आयंका फाउन्डेसन मार्फत समाज सेवामा पाइला अघि बढाएको हो । उनीहरूले आफ्नो कमाईको दश प्रतिशत रकम फाउन्डेसनका लागि खर्चिने जानकारी दिएका छन् ।
घोषणा कार्यक्रममा बोल्दै फाउन्डेसनकी महासचिव प्रियंकाले समाजका लागि केही गर्ने अहिले जत्तिको उत्तम समय अरू हुन सक्दैन भन्ने लागेर यसको स्थापना गरेको जनाएकी छिन । उनले अहिले जोस, जाँगर र चर्चा समेत रहेको भन्दै यही समयमा समाजमा स्वास्थ्य, शिक्षाबाट टाढा रहेका किशोर किशोरीमाझ चेतनामूलक कार्यक्रम फाउन्डेशनमार्फत् गर्ने जानकारी समेत दिएकी छिन । यस्तै फाउन्डेसनका अध्यक्ष आयुष्मानले दुईबिचको सहकार्यमा फाउन्डेसन खुलेपनि व्यक्तिगत सम्बन्धको आरोह अवरोहका कारण संस्था र यसको काम नरोकिनेमा विश्वास दिलाएका छन् ।
फाउन्डेसनले किशोर, किशोरीको व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालविवाह, महिनावारी, कुलत जस्ता विषयमा मनोवैज्ञानिक परामर्श दिने, दूरदराजमा रहेका अनाथ, असहाय, पीडित, अपहेलित, गरिब, भेदभावका कारण उचित शिक्षा पाउनबाट वञ्चित बालबालिकाहरूलाई पढ्ने, लेख्ने वातावरण सिर्जना गर्नुका साथै आवश्यक सामाग्रीको प्रबन्ध गर्ने, गराउने, शिशु मृत्युदरलाई कम गर्न नेपाल सरकार तथा अन्य संघसंस्थासँगको सहकार्यमा आयंका फाउन्डेसनले काम गर्ने बताइएको छ ।
फाउण्डेसनले यसै साता दुर्गममा पुगेर युवतीहरूका लागि सेनेटरी प्याड वितरण गर्ने समेत जानकारी दिइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



