Ashok Sharma   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मानव सेवा गर्दै ‘जय भोले’ले साट्यो ५१ औं दिने खुसी

लेन्सनेपाल २०७५ मंसिर २२
मानव सेवा गर्दै ‘जय भोले’ले साट्यो ५१ औं दिने खुसी

चलचित्र ‘जय भोले’ले प्रदर्शनको ५१ दिन मनाएको छ । असोज ३० गते फुलपातिका दिनबाट प्रदर्शन शुरु भएको चलचित्रले मंगलबार काठमाडौंका चार चलचित्र हलमा प्रदर्शनको ५१ दिन मनाएको हो । चलचित्र राजधानीको क्युएफएक्स सेन्टर, गोपिकृष्ण, गुण र गंगामा प्रदर्शन भइरहेको छ ।

प्रदर्शनको ५१ दिनको अबसर पारेर चलचित्रका निर्माता निर्देशक अशोक शर्माले काठमाडौंको गोंगबु आबास क्षेत्रमा रहेको मानव सेवा आश्रममा आश्रित करिब तीन दर्जनलाई सहयोग गरेका छन् । उनले आश्रममा आश्रितलाई खाना खुवाउनुका साथै जाडोको लागि न्यानो कपडा वितरण गरेका छन् । अन्य कार्यक्रम गरेर खुशी साट्नु भन्द्या मानव सेवा गष्रेर खुशी साट्नु उपयुक्त भएकोले यस्ता गरिएको शमाृले जनाउका छन् । ५१ दिनसम्म प्रदर्शन भएको चलचित्र जय भोलेले ७ करोड भन्दा केही बढीको व्यापार गरेको समेत शर्माले बताएका छन् ।

कार्यक्रममा जय भोलेका शर्मा सहित कलाकारहरु खगेन्द्र लामिछाने, सौगात मल्ल, जयनन्द लामा, अर्जुन श्रेष्ठ, छायाँकार पुरुषेत्तम प्रधान, कोरियोग्राफर बसन्त श्रेष्ठलगायत उपस्थित थिए । सामाजिक कार्यका साथ ५१ दिन मनाउन पाउँदा कलाकारहरु खुशी देखिन्थे । अभिनेता अर्जुन श्रेष्ठले जय भोले टिमको यो कार्यबाट आफु प्रभावित भएको भन्दै मानव सेवा आश्रमलाई ५१ हजार रुपैयाँ सहयोगको घोषणा समेत गरेका छन् ।