Arunima Lamsal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
१० वर्षपछि अभिनयमा फर्किइन अरुणिमा
अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन् । बिमलेश अधिकारीले निर्देशन गरिरहेको ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिजबाट उनी अभिनयमा फर्केकी हुन् ।
सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनी अभिनित पछिल्लो चलचित्र ‘पिपल’ हो । सिरिजमा अधिकारी आफैले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन् । एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेका छन् । सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले चलचित्र ‘ब्रेकफेल’बाट चलचित्रमा डेब्यु गरेका थिए । उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ चलचित्रमा अभिनय गरेका थिए भने म्युजिक भिडियोमा अभिनय र निर्देशन भने गरिरहेका थिए ।
सिचुएशनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए । विवेक चम्लागाईंले लेखेको सिरिजमा राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् । सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजमा पशुपति बस्यालको छायांकन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



