Anup Baral   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

अनुप बराल निर्देशित ‘दोख’ को टिजर सार्वजनिक

लेन्सनेपाल २०७९ जेष्ठ २२
अनुप बराल निर्देशित ‘दोख’ को टिजर सार्वजनिक

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको आईतबार हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । १ मिनेट ४८ सेकेन्ड अवधिको टिजरलाई किरण श्रेष्ठले सम्पादन गरेका हुन् ।

निर्देशक बरालका अनुसार माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रले उठाउन खोजेको कथाले नेपाली दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त देखिन्छ । राजन कठेत लिखित ‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । चलचित्रको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप, डिसीएन र काठमाडौँ बाहिर एफडी कम्पनीले लिएको छ ।