Anu Thapa   
Movie's Credit : Co-Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ सार्वजनिक

लेन्सनेपाल २०८२ कार्तिक २९
‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ सार्वजनिक

चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ले बोलको गीत रिलिज भएको छ । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित चलचित्रको गीतमा समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन् ।

मौसम हिमालीको नृत्य निर्देशन रहेको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकारको नृत्य रहेको छ । अधिकारी र लामाले गीतमा अतिथी भूमिकामा अभिनय गरेका हुन् ।

चलचित्रमा दीपाश्रीसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, विमोचन दवाडी, जेसिका पोखरेल, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतले अभिनय गरेका छन् ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको चलचित्रलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो ।

चलचित्रमा निर्देशक घिमिरे स्वयंको कथा लेखन छ भने उनलाई पटकथा तथा संवादमा गणेश कार्की र विशाल घिमिरेले सघाएका छन् । चलचित्रमा रोमन बज्रचार्यको पार्श्व ध्वनी, बुद्ध थापाको छायाँकन, मित्र डि. गुरुङको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।