Anu Shah   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

फुलाराको ‘भाग्य भित्र जीवन’ सार्वजनिक

लेन्सनेपाल २०७८ मंसिर २४
फुलाराको ‘भाग्य भित्र जीवन’ सार्वजनिक

युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अञ्जु पन्तको स्वर, बाबुल गिरीको संगीत रहेको छ । 

रामजी लामिछानेको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । निकै मार्मिक यो गीतमा एकल नारीका विभिन्न आरोह अवरोहलाई चित्रित गरिएको छ ।

गीतको भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । भिडियोमा रुपा मानन्धरको शृंगार, सुमन कार्कीको छायांकन, वन्देप्रसादको सम्पादन रहेको छ ।

फुलाराका यसअघि ‘जुनसरी बिलाई गयौं’, ‘कस्तो भाइरस आयो’, ‘हमेशा’ जस्ता गीत लोकप्रिय रहेका छन् ।

यस्तै उनका ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ अंग्रेजी पुस्तक जस्ता कृति पाठकमाझ आइसकेका छन् ।