This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘काले दाई’को गीत रिलिज
चलचित्र ‘काले दाई’को गीत रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा पवनवाङ लामाको संगीत, इन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द र सुरज थापाको स्वर छ । नेपाल आइडलका प्रतिस्पर्धी सुरजको यो पहिलो पाश्र्वगायन हो ।
गीतले अन्तजातिय प्रेम सम्बन्धको पिडा बोलेको छ । प्रेममा जातको कुरा उठेपछि उत्पन्न हुने द्वन्द्व नै चलचित्रको मुख्य कथा हो ।
चलचित्रमा शिशिर भण्डारी, इन्द्र रामजाली, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव शर्माको निर्देशन रहेको चलचित्र दशैँको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शन हुनेछ । चलचित्रमा ईन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




