Anjana Gurung   
Movie's Credit : Playback Singer
Song's Credit : Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

एकल साँझमा गुञ्जँदै गायिका अञ्जना गुरुङ

लेन्सनेपाल २०८२ कार्तिक १०
एकल साँझमा गुञ्जँदै गायिका अञ्जना गुरुङ

गायिका अञ्जना गुरुङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय गायिका गुरुङको एकल सांगीतिक साँझ सर्वनाम थियटर कालिकास्थानमा कार्तिक २१ गते शुक्रबार आयोजना हुने जनाइएको छ ।

सुगम तथा पाश्र्वगायनमा समेत सफल गायिका गुरुङले बिभिन्न चर्चित गीत प्रस्तुत गर्ने आयोजक टीका गोपाल एम् क्रियसनले जनाएको छ । गुरुङले कार्यक्रममा नयाँ तथा पुराना गरेर करिब दर्जन गीत पस्किने छिन् ।

गुरुङका ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधीसरी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुँडेर लग्यो’, ‘माइला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’ लगायत गीतहरू चर्चित छन् ।

गुरुङको एकल साँझको अवसरमा गायक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापित ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२’ पनि प्रदान गरिनेछ । ५१ हजार नगद राशिको पुरस्कार यस वर्ष वरिष्ठ गायक कमल विक ‘निर्मोही’लाई प्रदान गरिने जनाइएको छ ।