Amir Gautam
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दर्शकको मन जित्दै ‘सरौतो’
प्रदर्शनरत् चलचित्र ‘सरौतो’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । रिभेन्ज स्टोरीको चलचित्रको प्रस्तुति र एक्सनले धेरैको मन जित्न सफल भएको हो ।
दर्शकहरुले चलचित्रमा अभिनेत्री सुमी मोक्तानले गरेको एक्सनको खुलेर तारिफ गरेका छन् । यस्तै चलचित्रको सस्पेन्स पाटोलाई पनि दर्शकहरुले रुचाएका छन् । यसै चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हरि हुमागाईको कामको पनि तारिफ भएको छ । खासगरि चलचित्र हेरेका चलचित्रकर्मीहरुले उनको कामको तारिफ गरेका छन् । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक्सन पक्षको तारिफ गर्दै आफुलाई चाइनिज या जापनिज चलचित्र हेरेको जस्तो अनुभव भएको बताए । उनले चलचित्रले अन्याय सहनु हुदैन भनेर हौसला बढाउने समेत बताएका छन् । यस्तै अर्का बरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र टेक्निकल्ली निकै बलियो बनेको जनाएका छन् । कलाकारको अभिनयले दर्शकलाई सन्तुष्ट बनाउने भन्दै उनले नेपालमा यो लेभवको एक्सन चलचित्र बन्छ भन्ने आफुले कल्पना सम्म नगरेको बताएका छन् । यस्तै अर्का कलाकार दिपकराज गिरीले एक्सन रुचाउने दर्शकका लागि चलचित्र मनोरञ्जक बन्ने जनाएका छन् । कलाकार केदार घिमिरेले चलचित्रले महिलालाई अन्याय बिरुद्ध बोल्न हौसला थप्ने जनाए । उनले यसको कथा मौलिक र आफ्नो भएकोले दर्शकको मन जित्ने विश्वास समेत लिएका छन् ।
बोल्न नसक्ने युवतिलाई केन्द्रमा राखेर बनेको चलचित्रको मुख्य भुमिकामा सुमि मोक्तानले अभिनय गरेकी छिन् । एक्सन र सांकेतिक भाषा सिक्न सुमीले कडा मेहनत र समय खर्चिएकी थिइन । यही चलचित्रका लागि सुमिले २ वर्ष कराते र ७–८ महिना सांकेतिक भाषा सिकेकी थिइन । चलचित्रमा सुमिका अलवा सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम सम्शेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र बिराञ्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

