Aanchal Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
स्मिता दाहालको ‘जालैमा पार्छु’ सार्वजनिक
स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारी र संगीत आशिष अविरलकै रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीसंगै स्मिता पनि देखिएकी छिन् । प्रविण सिंहको निर्देशन रहेको भिडियोमा उनकै कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगर, भरतपुर महानगरपालीका की मेयर रेणु दाहाललगायतको उपस्थिति थियो । नातामा स्मिताको माइजु पर्ने मन्त्री मगरले आफ्नो परिवारबाट छुटै पथमा लागेकी भन्दै उनलाई शुभकामना दिईन् । ‘हाम्रो परिवारको सबै राजनीतिमै छौ तर, उनले छुटै बाटो रोजेकी छिन्’ उनले भनिन् ‘उनले निकै मेहनत गरिरहेकी छिन् र उनलाई सफलता मिल्नेमा दुइमत छैन ।’ यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पनि स्मिताले विस्तारै सफलता हासिल गर्दै गएको बताइन । नातामा बहिनीको छोरी स्मिताको आवाज सानै बाट नोटिस गरेको उनले बताइन ।
उक्त कार्यक्रममा बोलदै स्मिताले आफु सिक्ने क्रममा रहेको बताइन । ‘म सिक्दैछु र आफुलाई थप परिपक्क बनाउने कोसिस गर्दैछु’ उनले भनिन् ‘यस गीतलाई मेरो अघिल्ला गीतको तुलनामा केहि फरक बनाउने कोसिस गरेको छु ।’
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal