चलचित्र ‘गोर्खे’ प्रदर्शन

चलचित्र ‘गोर्खे’ प्रदर्शनमा आएको छ । किम्मत गौतमको निर्देशन रहेको चलचित्र शुक्रबारबाट प्रदर्शन भएको हो ।
चलचित्रमा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, एञ्जल श्रेष्ठ, अञ्जली अधिकारी, अश्मी श्रेष्ठ, साजन तामाङ, सरोज तमाङ र बलदीप राईलगायतका कलाकारको अभिनय रहेको छ । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा चलचित्रमा समाबेश छ ।
कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति रहेको चलचित्रका निर्माता तिर्थ राम कोजु र हरि थापा हुन् । चलचित्रमा सौरभ लामा र निरज कंडेलको छायाँकन, काजी लिम्बुको लेखन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको छ ।
कोरोनाको संक्रमण न्यूनिकरणका लागि सरकारले बन्द गराएका चलचित्र हल पुनः सञ्चालनमा आएपछि प्रदर्शन भएको यो दोस्रो चलचित्र हो । यस अघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भएको थियो । तर, उक्त चलचित्र हेर्न हलमा दर्शक भने निकै कम मात्र आएका थिए ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal