Yatra

Feature Film MusicalApr 12, 2019Hall Release

News

‘यात्रा’ को ट्रेलर हेर्नुस्, एक लाख जित्नुस्

लेन्सनेपाल २०७५ चैत्र २५
‘यात्रा’ को ट्रेलर हेर्नुस्, एक लाख जित्नुस्

सलिनमान बनिया स्टारर चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । चलचित्रको रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले मकै एपसँगको सहकार्यमा क्वीज कन्टेस्ट आयोजना गरेको छ । मकै एपसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा एक प्रश्न सोधिएको छ, जसको सहि जवाफ दिने मध्यबाट एक भाग्यशालीले १ लाख नगद पाउनेछन् ।

चलचित्रमा तस्प्याको भूमिका निर्वाह गरेकी मलिका महतले आफ्नो आँखाको ज्योति कसरी गुमाउछिन ? यस प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्ये एकमा टिक लगाउने पर्नेछ । टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल सहितको प्रयोग गरि सबमिट गर्नु पर्नेहुन्छ । यसमा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउनेछन् । सहभागिताको लागि https://meromakaii.com/yatra यस लिंकमा क्लिक गर्नु पर्ने हुन्छ ।

नेपालबाट विनर भए १ लाख नगद र विदेशबाट भए नौ सय युएस डलर प्रदान गरिने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए । यो प्रतियोगिता आउँदो चैत्र २९ गते विहान ८ बजे बन्द गरिने छ भने आउँदो वैशाख २० गते फेसबुक लाइभ मार्फत विजेता घोषणा गरीने जनाइएको छ ।

चलचित्रमा सलिन र रेअरसँगै मलिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतका कलाकारको अभिनय रहेको छ । सम्राट शाक्यको निर्देशन रहेको चलचित्र म्युजिकल लभ स्टोरी जनराको हो । कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ चलचित्र प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण गरिएको चलचित्रमा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता, सुशील पोखरेल निर्माता, सर्जुमान लिगल कार्यकारी निर्माता र बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माता रहेका छन् ।