Yatra

Feature Film MusicalApr 12, 2019Hall Release

News

दृष्टिबिहिनले रुचाए चलचित्र ‘यात्रा’

लेन्सनेपाल २०७५ चैत्र ३०
दृष्टिबिहिनले रुचाए चलचित्र ‘यात्रा’

राजधानीको कपन स्थित नेत्रहिन छात्रावासमा रहेका दृष्टिबिहिनहरुले चलचित्र ‘यात्रा’ हेरेका छन् । बिबिध कारण आँखाको ज्योति गुमाउन पुगेका ४० भन्दा बढीले चाबहिल स्थित गोपीकृष्ण हलमा पुगेर ‘यात्रा’ हेरेका हुन् ।

‘यात्रा’की मुख्य पात्र मलिका महतले चलचित्रमा दृष्टिबिहिन गायिकाको भुमिकामा काम गरेकी छिन । मलिकाले केही समय सोही होस्टेलमा बसेर दृष्टिविहिनको हाउभाउ सिकेकी थिइन । दष्टिबिहिनहरुले चलचित्र हेर्दै गरेको थाहा पाएपछि मलिका, सलोन बस्नेत र रेअर राई, निर्देशक सम्राट शाक्य, कार्यकारी निर्माता सर्जुमान लिगल हलमा पुगेका थिए । कलाकारहरुसँग कुरागर्दै दृष्टिबिहिनहरुले चलचित्रको कथा मन परेको बताए । चलचित्रमा मनोरंजनसंगै दिइएको सोसल म्यासेज र फरक क्षमता भएकाले पनि केहि गर्न सक्ने प्रेरणाले आफुहरुलाई खुसि बनाएको अधिकांसको भनाई छ ।

म्युजिकल लभ स्टोरी जनराको चलचित्रले दर्शकबाट बलियो प्रतिक्रिया पाएको निर्माण पक्षको भनाई छ । माउथ पव्लिसिटीमा ‘यात्रा’ अव्वल देखिएको भन्दै यसको व्यापार अझ बढ्ने निर्माण टिमको आशा छ । चलचित्रमा मलिका, सलोन र रेअरका अलवा सलिनमान बनिया, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनालीलगायतको अभिनय रहनेछ ।

कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता, सुशील पोखरेल निर्माता, सर्जुमान लिगल कार्यकारी निर्माता र सहनिर्मातामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे रहेका छन् ।