Yatra
Feature Film MusicalApr 12, 2019Hall Release
News
‘यात्रा’को तेस्रो गीत ‘डुली डुली’ सार्वजनिक
चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’को तेस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘डुली डुली’ बोलको गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कोबिद बज्र र प्रतिक पौडेलको संगीत, दिबेस उप्रेती र प्रतिक पौडेलको शब्द तथा मेलिना राईको स्वर छ ।
चलचित्रमा दृष्टि बिहिनको भुमिकामा देखिएकी मल्लिका महतलाई केन्द्रमा राखि गीत तयार गरिएको छ । चलचित्रमा उनी दृष्टिबिहिन गायिकाको रुपमा देखा परेकी छिन । गीतमा सलिनमान बनियाँ, मलिका महत, रेयर राई, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत र विशाल कटुवाललाई फिचर्ड गरिएको छ ।
सम्राट शाक्यको डेव्यु निर्देशन रहेको चलचित्र चैत्र २९ गतेबाट प्रदर्शन हुँदैछ । कोटकी कालिका देवी फिल्म्स्, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । चलचित्रमा सुशील पोखरेल निर्माता, सर्जुमान लिगल कार्यकारी निर्माता र सहनिर्मातामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे रहेका छन् ।
चलचित्रमा सलोन बस्नेत, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यात्रामा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत र बनिश शाहको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



