Yatra
Feature Film MusicalApr 12, 2019Hall Release
News
काम गरिन भने डिप्रेसनमा जान्छु – सलोन बस्नेत
एउटा कलाकारका लागि भुमिका सानो होस् वा ठुलो, मुख्य होस् वा सहायक त्यसले खासै फरक पर्दैन । एकै सिन किन नहोस् कलाकारिताको जादु छर्न काफि मानिन्छ । सलोन बस्नेतका लागि पनि अचेल यस्तै भएको छ । उनले लिड रोल नै हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै सहायक भुमिकामा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् ।
त्यसो त अभिनयमा पोख्त मानिने यि कलाकारको हकमा दर्शकले पनि सहायक भुमिका नै बढी रुचाएको पाइन्छ । उनले लिड रोलमा अभिनय गरेका चलचित्रहरु असफल हुनु, ति चलचित्रबाट कामको खासै चर्चा नहुनु तर, सहायक भुमिकामा काम गरेका चलचित्रमा उनको अभिनय हावी देखिनुले पनि अचेल सहायक भुमिकाकै अफर बढी देखिन्छ । केही चलचित्रमा त दर्शकलाई हलमा बाधि राख्न सलोन मसालाका रुपमा समेत प्रयोग भएको देखियो । सायद यो उनको सफलता पनि हो । मुख्य भुमिकामा नरुचाइएका अनि सहायक भुमिकामा सफल सलोन अभिनित दुई चलचित्र चैत्र २९ गतेबाट एकसाथ प्रदर्शन हुँदैछन् । जसमध्ये ‘यात्रा’मा उनी खलनायकको रुपमा देखिएका छन् भने ‘ए मेरो हजुर ३’ मा उनको भुमिका पहिले देखे जस्तै दर्शकलाई बेला बेला हसाई रहने खालको छ रे । पछिल्लो समय सलोन सहायक भुमिकामा मात्र सिमित हुन लागेको चर्चा पनि चलिरहेको छ । यसै प्रसंगमा रहेर सलोनसँग लेन्सनेपालले गरेको कुराकानी :
सहनायक मात्र सिमित हुनुभएको हो ?
मैले बुझे अनुसार जुन फिल्म आउँदै छ त्यही अनुसारको न्यूजहरु सर्कुलर हुँदो रहेछ । अहिले ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ प्रदर्शन हुन लागेकोले पनि सलोन सहनायकमा सिमित भए, सलोन खलनायक बने भन्ने कुरा छ । अर्को चलचित्रमा केही नयाँ ट्राइ गरे भने सलोनले नयाँ कोसिस गरे भन्ने खबर आउँछ । यो चर्चा चलिरहदो रहेछ । अहिलेलाई यो कुरा पनि ठिकै छ ।
त्यसो भए सहनायकमा मात्र सिमित हुनु भएको होइन ?
त्यस्तो होइन । मैले डे वान देखि नै जे चिज गरिरहेको छु त्यो चिज गर्न गाह्रो पनि छैन । चलचित्र होस्टेल देखि गरिरहेको काम गर्न मलाई समस्या पनि होइन । मलाई सबैभन्दा ठुलो चिज भनेको काम हो । मैले जे चिज गरिरहेको छु अब यो पनि नगरेर चुप लागेर २ वर्षमा एउटा गरेर त म पनि कसरी बाँच्नु । अहिले यात्रा र ए मेरो हजुर एकसाथ आँउदै भएर पनि त्यस्तो लागेको हो । तर, मैले अन्य चलचित्रमा पनि काम गरेको छु । अनि राम्रा मेकरका चलचित्र कसरी छोड्ने । राम्रो टिमसँग काम गर्नुको फाइदा त मलाई पनि हो नी ।

मुख्य भुमिकामा अभिनय गरेका चलचित्र असफल भएर पो यस्तो अफर बढी आएको हो कि ?
अब त्यो हुन पनि सक्छ । म त्यसलाई होइन पनि भन्दिन । नचलेकै हो त्यो मुभिहरु । जुन चलचित्रमा सर्पोटिङ एक्टरका रुपमा काम गरे त्यो प्रोजेक्ट बुम पनि भएको हो । अब निर्माताको पनि ठुलो लगानी हुन्छ, निर्देशकको पनि करियर जोडिएको हुन्छ त्यस्तो अवस्थामा उहाँहरुले विजनेसमा घाटा त चाहनुहुन्न, त्यसैले पनि मलाई त्यस्तो भुमिकामा अफर गर्नुभएको हो कि जस्तो लाग्छ । फेरी म पनि त्यो कुरामा राम्रो छु जस्तो पनि लाग्छ । अनि फेरी काम नगरी के गरेर बस्नु । यत्तिकै बस्यो भने त अवश्य डिप्रेसनमा जान सक्छु नि त । त्यसैले सपोटिङ नै किन नहोस् राम्रो भुमिका छ भने गरिरहेको छु ।
आफु अभिनित दुई चलचित्र एकसाथ रिलिज हुँदैछन् कसरी लिनुभएको छ ?
मलाई मन नपरेको कुरा हो यो । मैले एकदमै आशा गरेका चलचित्रहरु हुन् । मैले दुबै चलचित्रबाट आशा गरेको छु । एकै पटक आउँदा अलिक नराम्रो लागेको छ । तर डेट राम्रो छ । दुबैको प्रमोशन राम्रो छ, त्यसैले दुबैले राम्रो गर्छन भन्ने आशा छ । यि दुई चलचित्र फरक फरक मितिमा आएको भए मलाई मात्र नभएर हामी सबैलाई राम्रो हुन्थ्यो जस्तो लाग्छ । अब दर्शकले जुन चलचित्र हेरेपनि मलाई त देख्नु हुन्छ तर, मेरो चाहना दुबै चलचित्रमा हेर्नुहोस् भन्ने हो ।
‘ए मेरो हजुर ३’ र ‘यात्रा’मा तपाईको भुमिका कस्तो छ ?
‘ए मेरो हजुर ३’ मा यसअघि पनि गरिरहेकै शैलीको हो । हसाउने खालको भुमिका छ । अनि ‘यात्रा’मा अलिक फरक खालको भुमिका छ । यात्रको भुमिकाबारे मलाई बोल्न अनुमति छैन ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




