Xira

PG 140 mins Feature Film Action, RevengeAug 23, 2019Hall Release

News

'जाइरा'को ओएसटी रिलीज (भिडियो)

लेन्सनेपाल २०७६ भाद्र १०
'जाइरा'को ओएसटी रिलीज (भिडियो)

प्रदर्शनरत् चलचित्र ‘जाइरा’ को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ । ‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्स छ । पदम बहादुर श्रेष्ठ ‘बाबु’ ले गीत खिचेका हुन् ।

भदौ ६ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र बदलाको कथामा आधारित छ । चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ मिक्श मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । चलचित्रमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । आफ्नो चरित्रलाई आत्मसात गर्न आठ महिना लामो तालिम लिएर उनले मार्शल आर्टका सबै फर्म सिकेकी थिइन् । चलचित्रमा मार्शल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मेहनत प्रष्ट देखिन्छ । चलचित्रमा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो ।

अभिनेत्री श्रेष्ठको प्रोडक्सन कम्पनी नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । प्रनिता श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् । दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको यो चलचित्रले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको निर्माण टिमबाट जानकारी प्राप्त छ ।