Timro Mero Saath
UA Feature Film Love StoryJan 13, 2023Hall Release
News
‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज
चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
रमेश एमके पौडेलको निर्देशन एवं निर्माण रहेको चलचित्रको ट्रेलरमा प्रेम, धोका र वदलाको भाव प्रस्तुत गरिएको छ । चलचित्रमा पुष्प, साम्राज्ञी र सन्दीपसंगै चलचित्रमा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।
सबिर श्रेष्ठको कार्यकारी निर्माण तथा लेखन रहेको चलचित्रमा शिव ढकालको छायाँकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
पुष २९ मा रिलिज हुने चलचित्रमा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



