Timro Mero Saath
UA Feature Film Love StoryJan 13, 2023Hall Release
News
प्रिमियरमा ‘तिम्रो मेरो साथ’लाई उत्कृष्ट प्रतिक्रिया
माघे संक्रान्तिको छेकोमा भोलि शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को चितवनमा भव्य प्रिमियर सम्पन्न भएको छ ।
प्रिमियरमा र चितवनमा आयोजित चितवन महोत्सवमा सहभागी हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री अभिनित चलचित्रको टिम बुधबार दिउँसो चितवन पुगेको थियो । चितवन महोत्सवमा टिम पुग्दा चिसो माहोल गर्माएको थियो । उल्लेख्य दर्शक उपस्थिति रहेको महोत्सवमा निर्देशक रमेश एमके पौडेलसहितको टिमले मनोरंजन प्रदान गरेको थियो ।
‘तिम्रो मेरो साथ’ टिमलाई आयोजकले कडा सेक्युरिटीका साथ स्टेजमा उतारेको थियो । साम्राज्ञी र पुष्पले नृत्यद्वारा दर्शकलाई मनोरंजन दिंदा सन्दीपले कमेडीका पन्चलाइनले दर्शक हँसाएका थिए ।
महोत्सवपछि लक्की मिडिया हाउसद्वारा आयोजित प्रिमियरमा चलचित्रको टिम केन्द्रमा रह्यो । सिजी मलस्थित चितवन सिनेप्लेक्समा आयोजित प्रिमियरमा चितवन महानगरकी मेयर रेणु दाहालसहित दर्शकको बाक्लो उपस्थिति रह्यो ।
संघ संस्था र बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको आगमनले प्रिमियरमा रौनक थपेको थियो । चितवनको चिसोमा साम्राज्ञीको बोल्ड अन्दाजले माहोल गर्माएको थियो । उता पुष्पको लूक्समा फिदा हुने युवापुस्ताको पनि कमि रहेन ।
प्रिमियरपछि लभस्टोरी चलचित्रलाई आगन्तुक पाहुनाले उत्कृष्ट भने । चलचित्रको कथाबस्तुले मन छोएको प्रतिक्रिया दिंदा निर्माण पक्ष हर्षित देखिन्थ्यो । चलचित्र हेरेर रुँदै निस्किएकी एक वृद्धको दृश्यले निर्माण पक्ष भावुक बनेको थियो ।
प्रिमियरमा प्राप्त दर्शकको उत्कृष्ट प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ । शुक्रबारका लागि विभिन्न मल्टिप्लेक्समा चलचित्रको बुकिङपनि खुल्ला भइसकेको छ ।
सबिर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको चलचित्रले रिलिज अगाडी प्रचारमा कुनै कसर बाँकी राखेको छैन । केहि दिन अगाडी मात्रै नेपाल टुर सकाएको टिम आफ्नो राम्रो मिहेनतलाई दर्शकको साथ मिल्नेमा आशावादी छ ।
पुष्प, साम्राज्ञी र सन्दीपसँगै चलचित्रमा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुले अभिनय गरेका छन् । शिव ढकालले छायांकन गरेको चलचित्रमा सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
निर्देशक पौडेल कै निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



