Timro Mero Saath
UA Feature Film Love StoryJan 13, 2023Hall Release
News
पोखराबाट शुरु भयो ‘तिम्रो मेरो साथ’को मोफसल टुर
आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल टुर मंगलबार पोखराबाट सुरु भएको छ । चलचित्रका निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ ।
चलचित्रको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफु र आफ्नो टिम निकै उत्साहित भएकोे निर्देशक पौडेलले सुनाए । आजबाट मोफसल यात्रामा निस्केको टिमलाई पोखरामा दर्शक तथा त्यहाँ सञ्चालनमा रहेका मिडियाकर्मीबाट मिलेको साथले पनि निकै ठुलो हौसला मिलेको चलचित्रकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन् ।
मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले बताए । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



