Timro Mero Saath
UA Feature Film Love StoryJan 13, 2023Hall Release
News
मोफसलमा दर्शकको साथले उत्साहित ‘तिम्रो मेरो साथ’
पुष २९ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टूर सम्पन्न गरेको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर समाप्त भयो ।
पोखरामा प्रेस भेटघाट र चलचित्रको प्रचार गरेपछि टिम चितवन झरेको थियो । चितवनका बिभिन्न क्याम्पस, हल र मलमा दर्शकसंग साक्षात्कार गरेको टिमले त्यहाँ चलचित्रको शिर्ष गीतपनि सार्वजनिक गर्यो ।
चितवन भ्रमणपछि कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौंडा हानिएको थियो । हेटौंडामा पत्रकार सम्मेलन गरेर टिमले चलचित्रबारे जानकारी दियो । हेटौंडाका संचारकर्मीसंगको सक्षात्कारपछि टिम सर्लाहीको लालबन्दी पुगेको थियो ।
लालबन्दीमा कन्सर्ट गरेको टिमले दर्शकको उल्लेख्य साथ पायो । साम्राज्ञी, पुष्प र सन्दीपले दर्शक झुमाए । दर्शक संख्या बढी हुँदा प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।
लालबन्दीमा साम्राज्ञी, पुष्प र सन्दीपको बबाल क्रेज देखियो । दर्शकहरु कलाकारसंग फोटो खिच्न उत्साहित देखिन्थ्ये । लालबन्दीको सफल भ्रमणपछि ‘तिम्रो मेरो साथ’ टिम इटहरी र दमक हानिएको थियो ।
इटहरीमा चलचित्रको टिमले शहर परिक्रमा गरेको थियो । अटो रिक्सामा चलचित्रको पोस्टर टाँसेर शहरको चक्कर लगाउदा दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको थियो ।
इटहरीमा पत्रकार भेटघाट गरेपछि टिम दमकतर्फ लागेको थियो । दमकमा प्रेसमिट गरेपछि शनिबार निर्माण पक्ष राजधानी फिरेको छ । अब निर्माण पक्षले काठमाडौँ उपत्यकामा प्रचारका कार्य गर्नेछ ।
मोफसल टूरपछि काठमाडौं आइपुगेका निर्देशक पौडेलले मोफसलमा दर्शक र मिडियाको न्यानो साथ पाएको सबै जना चलचित्रलाई लिएर उत्साहित रहेको भन्दै खुसि व्यक्त गरे ।
‘मोफसलको सफल भ्रमण सकाएर काठमाडौं आइपुगेका छौं । उपत्यका बाहिरका दर्शकसंग आत्मियता साट्न पायौं । उहाँहरु सिनेमालाई लिएर निक्कै उत्साहित हुनुहुन्छ । मिडियाकर्मीबाट पनि राम्रो साथ पायौं । आशा छ दर्शकले हलमा पनि साथ दिनु हुन्छ होला ।’ पौडेलले एउटा राम्रो लभस्टोरी चलचित्र बनाएको भन्दै पुष २९ देखि हल पुगेर हेरिदिन आग्रह गरे ।
प्रेमकथामा आधारित चलचित्रको ट्रेलर र गीत संगीतले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएकाले चलचित्रले पनि राम्रो प्रतिक्रिया पाउनेमा आशावादी देखिएको छ । चलचित्रमा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



