Timro Mero Saath

UA Feature Film Love StoryJan 13, 2023Hall Release

News

‘तिम्रो मेरो साथ’को गीत ‘झिलमिल झिलमिल’ सार्वजनिक

लेन्सनेपाल २०७९ पौष १३
‘तिम्रो मेरो साथ’को गीत ‘झिलमिल झिलमिल’ सार्वजनिक

चलचित्र ‘तिम्रो मेरो साथ’को शिर्ष गीत रिलिज गरिएको छ । प्रमोशनल टरमा रहेको निर्माण टिमले चितवनमा आयोजित पत्रकार सम्मेलनका बिच ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्वय पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचर्ड गरिएको छ । निर्देशक रमेश एमके पौडेलको शब्द रचना रहेको गीतमा योगेश काजि शाहको संगीत र सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

गीत सार्वजनिक गर्दै चलचित्रका कलाकार र निर्देशकले दर्शकको मन जित्ने विश्वास लिएका छन् । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्ट, शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।