The Secrets of Radha

Feature Film DramaAug 26, 2022Hall Release

News

चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति परिवर्तन

लेन्सनेपाल २०७९ जेष्ठ २४
चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति परिवर्तन

चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । सुवर्ण थापा निर्देशित चलचित्र अब भाद्र १० गतेबाट प्रर्दशन हुनेछ । यसअघि भाद्र २४ गतेबाट प्रदर्शनमा आउने भनिए पनि मंगलार चलचित्रको पोष्टर सार्वजनिक गर्दै भाद्र १० मै प्रदर्शन हुने घोषणा गरिएको हो ।

दोस्रो लकडाउन अघि पालुङ आसपासमा छायांकन गरिएको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । यस्तै दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक थापा र अभिनेता मल्लले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्र आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेको छ ।