The Secrets of Radha

Feature Film DramaAug 26, 2022Hall Release

News

शो बाँडफाँडमा बिभेद भएको भन्दै हलबाट उतारियो ‘राधा’

लेन्सनेपाल २०७९ भाद्र १४
शो बाँडफाँडमा बिभेद भएको भन्दै हलबाट उतारियो ‘राधा’

प्रदर्शनको चौथो दिनमै निर्माण पक्षले चलचित्र  ‘राधा’लाई हलबाट उतारेका छन् । मंगलवार दिउँसो ललितपुरमा आकस्मिक पत्रकार सम्मेलन गर्दै मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएका कारण आजकै दिनबाट चलचित्र उतार्ने निर्णय गरिएको जनाइएको छ ।

रिलिजको चौथो दिन सम्म पनि कमजोर ब्यापार गरेको राधाको माउथ पब्लिसिटी भने अब्बल थियो । निर्मात्री दिवकी विष्टले प्रदर्शनको पहिलो दिनदेखि नै ‘राधा’लाई शो बाँडफाँडमा मल्टीप्लेक्सहरुले चरम विभेद गरेको र उपलब्ध शो पनि दर्शकका लागि अनुकूल समयमा नभएका कारण प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिइन् । तीजको दिन सार्वजनिक बिदा परेकोले दर्शकहरु हलमा बढी आउने प्रक्षेपण भएपनि हलहरुले शो घटाएके भन्दै उनले आक्रोस पोखेकि छिन ।

प्रदर्शकहरुबाट अपेक्षित सहयोग नमिलेको बताउँदै निर्देशक सुवर्ण थापाले नयाँ शैलीमा पुनः रिलिज गर्ने गरी अहिलेलाई चलचित्रको प्रदर्शन रोकेको बताए । चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।