The Secrets of Radha
Feature Film DramaAug 26, 2022Hall Release
News
‘सिक्रेट अफ राधा’को ‘पाउमा पाउजु’ सार्वजनिक
चलचित्र ‘सिक्रेट अफ राधा’मा समावेश ‘पाउमा पाउजु’बोलको तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सृजना खत्रीको शब्द, कालिप्रसाद बासकोटाको संगीत र सज्जा चौलागाई र स्वस्तिका ढकालको स्वर रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्की र श्रृष्टि केसीको नृत्य रहेको छ । प्रियंकाले यो चलचित्रको लागि यही गीतमा मात्र नृत्य गरेकी हुन् । गीत गत साता पशुपति वृद्धाश्रममा छायांकन गरिएको हो ।
भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । यस्तै दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा देखिनेछन् ।
सुवर्ण थापा निर्देशित चलचित्रलाई निर्देशक थापा र अभिनेता मल्लले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



