The Man From Kathmandu
Feature Film Action, Love StoryMar 15, 2019Hall Release
News
‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार भिडियो साझेदारी सञ्जाल युट्युबबाट चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
रोहित जंग क्षेत्रीको शब्द, संगीत तथा स्वर रहेको ‘काठमाडौं’ बोलको गीतलाई १९७४ एडी ब्याण्डले तयार पारेको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरुका साथै ब्याण्ड सदस्यहरुलाई पनि स्थान दिइएको छ । चलचित्रको शिर्ष गीतले काठमाडौंको कथा व्याथा बोल्ने निर्माण टिमको भनाई छ ।
‘दि म्यान फ्रम काठमाडौ’ अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको चलचित्र हो । चार करोडको बजेटमा तयार भएको यो चलचित्रको छायाँकन नेपाल र अमेरिकामा गरिएको छ । निर्देशक पेमा धोन्डुपसँगै नकिम उद्धिनको निर्माण रहेको चलचित्रमा हलिउड कलाकार जोसे मानुइल, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार आना शर्मा, नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, पारामिता आर एल रानालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई कार्लोस मेडिनाले खिचेका हुन् भने सार्वजनिक गीतमा राजेश श्रेष्ठको छायाँकन रहेको छ । चलचित्र चैत्र १ गतेबाट प्रदर्शन हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



