The Man From Kathmandu
Feature Film Action, Love StoryMar 15, 2019Hall Release
News
नेपालको सबै कुरा मन पर्छ – गुल्शन ग्रोबर
बलिउड अभिनेता गुल्शन ग्रोबर नेपाल आएका छन् । शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को प्रचारका लागि उनी काठमाडौं आइपुगेका हुन । काठमाडौं आएसँगै ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित एक कार्यक्रममा सहभागी भएका ग्रोबरले नेपाल र नेपालीको खुलेरै प्रसंसा गरेका छन् ।
तेस्रोपटक नेपाल आएका ग्रोबरले आफुलाई नेपालको सबै कुरा मन पर्ने जनाएका छन् । नेपाली खाना, नेपालको सुन्दरता र कल्चर मनपर्ने बताएका ग्रोबरले नेपालीहरु एकदमै इमान्दार हुने पनि बताएका छन् । पहिलोपटक अभिनेत्री मनीषा कोइरालाको निमन्त्रणामा नेपाल आएका ग्रोबर त्यसपछि यही चलचित्रको छायाँकन र अहिले प्रचारका नेपालमा छन् ।
ललितपुरको पाटन दरबार क्षेत्रमा उनलाई हेर्न उल्लेख्य मात्रमा दर्शहरुको उपस्थिति थियो । जहाँ उनले आफ्ना हिन्दी चलचित्रका केही डाइलगहरु पनि सुनाएका थिए । ग्रोबर अभिनित चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ शुक्रबारबाट प्रदर्शन हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



