The Karma
Feature Film ActionJan 31, 2020Hall Release
News
‘दि कर्मा’को ट्रेलर सार्वजनिक
चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा करण वर्मा, परमिता आर. एल. राणा, बुद्दी तामाङलगायतका कलाकारलाई देख्न सकिन्छ ।
देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । जय राज राय, श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको चलचित्रमा सारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।
चलचित्रमा जय राज रायको कथा, शुशील पोखरेलको पटकथा तथा संवाद, रामेश्वर कार्कीको छायांकन र मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । तराई क्षेत्रमा चलचित्रको छायांकन भएको हो । माघ १७ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



