The Break Up

Feature Film Love StoryMar 01, 2019Hall Release

News

बिद्यार्थीमाझ ‘दि ब्रेकअप’ को प्रचार

लेन्सनेपाल २०७५ माघ २९
बिद्यार्थीमाझ ‘दि ब्रेकअप’ को प्रचार

चलचित्र ‘दि ब्रेकअप’ निर्माण युनिटले बिद्यार्थीहरुमाझ आफ्नो प्रचार गरेको छ । अर्थपुर्ण प्रचारलाई प्राथमिकता दिने बताएको निर्माण युनिटले पुल्चोक इन्जिनियरिङ कलेजका बिद्यार्थीमाझ चलचित्रको प्रचार गरेको हो ।

कलेजमा आयोजित एक कार्यक्रममा निर्देशक हेमराज बिसी सहित आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्कीलगायतका कलाकारले दि ब्रेकअपको प्रचार गरेका हुन । कार्यक्रममा चलचित्रमा समावेश ‘आज हाम्रो भेट भएको दिन’ बोलको गीतमा कलाकारहरुले नृत्य समेत गरेका थिए । आशिरमान र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरुले साथमा साथ दिएका थिए । त्यसपछि आशिरका क्रेजी फ्यानहरु सेल्फी र अटोग्राफमा रमाए । चलचित्रको विषय नै युवा लक्षित भएको भन्दै कलेज केन्द्रित प्रचारमा जोडिएको आशिरमानले बताएका छन् । भ्यालेन्टाइन डे को छेकोमा बिद्यार्थीमाझ पुगेका उनले पछिल्लो पुस्ता प्रेमबाट टाढा नरहेको भन्दै माया गर्ने जो कोहिको लागी पनि दि ब्रेकअप मनोरञ्जनको उपयुक्त खुराक बन्ने जनाएका छन् ।

चलचित्रमा निर्देशक हेमराजका साथै रुपक थापा, दीपक खतिवडा र रेनु राणाको लगानी रहेको छ । चलचित्रमा शिल्पा मास्के, सरोज खनाललगायतका कलाकारको पनि मुख्य भुमिका छ ।