Sushree Sampati
Feature Film Love StoryDec 14, 2018Hall Release
News
विनोद र मेरो बिचमा खतरै प्रतिष्पर्धा चल्यो – सलोन बस्नेत
बालकलाकारका रुपमा सलोन बस्नेत जति सफल थिए नायकको रुपमा सायदै त्यही सफलता मिलेको छ । हुन त नायकका रुपमा पहिलो चलचित्र होस्टेलबाट नै सलोनको तारिफ नभएको भने होइन । यद्यपी सोलो नायकका रुपमा उनले काम गरेका चलचित्रले बक्स अफिसमा कमाल देखाउन सकेका छैनन् । बरु अन्य नायकसँग पर्दा सेयर गरेको अवस्थामा उनको कामको तारिफ मात्र होइन र बक्स अफिसमा समेत सफलता मिलेको छ ।
आगामी शुक्रबार प्रदर्शन हुने चलचित्र हो सुश्री सम्पत्ति । यो चलचित्रमा दुई नायक छन् । त्यो पनि समानान्तर भुमिकामा । अर्का नायक हुन बिनोद न्यौपाने । बजारमा एउटा चर्चा नै छ सलोन एक्लै चल्दैनन् अनि पर्दा सेयर गरेको अवस्थामा अर्को नायकलाई पुरै ओझेलमा पार्छन । उनै सलोनले पनि यो चर्चा नसुनेका होइनन् तर, यो कुरा सही हो भनेर मान्ने पक्षमा भने छैनन् । सुश्री सम्पत्तिमा पनि दुई नायक भएका कारण सलोन नै हावी देखिएका छन् कि भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । यद्यपी यसपटक भने बिनोदले खतरै च्यालेन्ज दिएका छन् रे सलोनलाई । हालैको एक बिहान सलोनसँग गफिदै गर्दा विनोद र निर्देशक सुब्रत आचार्य पनि सँगै थिए । सलोनल भन्दै थिए – ‘विनोद र मेरो बिचमा खतरै कम्पिटिशन चल्यो । तर, स्वस्थ्य । उसले मलाई खतरै काउन्टर दियो नि यसपटक ।’
त्यसो त विनोद र सलोनले पहिलो पटक स्कृन सेयर गरेका हुन । तथापी रियल लाइफमा उनीहरु एक अर्काका साथी हुन । त्यसैले एकले अर्कालाई सहयोग पनि गरिरहे । कुनै कुनै दृष्यमा त पुरै इम्प्रोभाइज गरिदिन्थे । एकपछि अर्को काउण्टर डायलग हान्थे । सँगै रहेका निर्देशक आचार्यले भने – ‘मैले यति धेरै इन्जोय गरे कि कट नै भन्न बिर्सन्थे कुनै बेला ।’
सलोन र बिनोद दुबै जना महजुरको भुमिकामा छन् । अनि दुबै जना एक नायिकाको पछि लागेको पनि देखिन्छ । छोटो समयमा धनी बन्ने बाटोको खोजीका रुपमा समेत सुश्री सम्पत्तिको कथालाई लिन सकिएला । यो कमेडी जनराको चलचित्र हो । दर्शकले पूर्ण मनोरञ्जन पाउने निर्माण पक्षको भनाई छ । जुन कथालाई विनोद र सलोनको पात्रले बोक्छ । अरु पात्रहरु उनीहरुसँग ठोकिने आउने क्यारेक्टर मात्र हुन । त्यसो त सलोन चलचित्रलाई लिएर निकै उत्साहित छन् । आफुलाई स्कृप्ट मन परेर काम गरेको चलचित्र, इम्प्रोभाइज गर्दै काम गरेको चलचित्र, क्यारेक्टरमा निकै मेहनत गरेर काम गरेको चलचित्र यस्ता धेरै कारण छन् सलोनसँग जसले गर्दा उनलाई चलचित्र चल्नै पर्छ भन्ने लागेको छ ।
चलचित्रमा सलोन र बिनोदका अलवा बस्नेत, सारा शिर्पाइली, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन । चलचित्रका प्रस्तुतकर्ता रमेश त्वायना हुन । चलचित्रमा निर्देशक आचार्यकै कथा, अभिमन्यू निरवीको पटकथा तथा आचार्य र निरवीको सम्वाद लेखन रहेको छ । चलचित्रलाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले निर्माण गरेका हुन ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



