Summer Love

Feature Film Love StoryFeb 08, 2019Hall Release

News

‘समर लभ’को गीत ‘गुनासो छैन’ सार्वजनिक

लेन्सनेपाल २०७५ माघ २२
‘समर लभ’को गीत ‘गुनासो छैन’ सार्वजनिक

चलचित्र ‘समर लभ’को तेस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘गुनासो छैन’ बोलको गीतको भिडियोलाई लिरिकल बनाइएको छ । गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत समावेश छ भने भोकल र एरेञ्जमा रिकेश गुरुङ छन् । गीतमा कलाकारहरु आशिष पिया, रेवती क्षेत्रीसँगै सुरजसिंह ठकुरीलाई फिचर गरिएको छ ।

माघ २५ बाट प्रदर्शन हुने चलचित्रको यसअघि सार्वजनिक प्रचार सामग्रीले राम्रो प्रतिक्रिया पाइरहदा स्याड भर्सनको गीत सार्वजनिक भएको हो । चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङलगायतका कलाकारको पनि अभिनय रहेको छ ।


मुस्कान ढकाल निर्देशित चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता हुन । एकराज तामाङ लाईन प्रोड्यूसरमा छन् भने सोपन सरकार र मनोज बिक सहनिर्माता हुन् । चलचित्र सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’मा आधारित छ ।