Summer Love
Feature Film Love StoryFeb 08, 2019Hall Release
News
चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक
चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । मुस्कान ढकालको निर्देशन रहेको चलचित्रको टिजरमा पुस्तकका केही घतलाग्दा सम्वादलाई समेटिएको छ ।
सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथि निर्माण भएको चलचित्रको सार्वजनिक टिजरले अतित र सायाको प्रेम र विछोडको कथा भन्छ । चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया, रेवती क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ । आशिष र रेवतीले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन । कार्यकारी निर्माता बिनोद अधिकारी हुन ।
चलचित्रमा सुबिन भट्टराईको कथा, सामीप्यराज तिमल्सेनाले पटकथा, सुबिन र सामीप्यको सम्वाद, पुष्पन प्रधानको संगीत, सञ्जय लामाले छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्र माघ २५ बाट प्रदर्शनमा आउने जनाइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



