Silly Pho

Feature Film DramaJul 15, 2022Hall Release

News

केकी अभिनित ‘सिल्ली फो’ असार ३१ मा

लेन्सनेपाल २०७९ बैशाख ६
केकी अभिनित ‘सिल्ली फो’ असार ३१ मा

चलचित्र ‘सिल्ली फो’का पोष्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कमेडी जनराको यो चलचित्र असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

राजबहादुर साने निर्देशित चलचित्रको एक पोष्टर समेत सार्वजनिक गरिएको छ । पोष्टरमा नायिका केकी अधिकारी सहितका कलाकारलाई स्थान दिइएको छ । चलचित्रमा केकीका अलवा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन  बोहोरा जयमन बिश्वकर्मा लगायतको अभिनय रहेको छ ।

मनोज डिकेको निर्माण रहेको चलचित्रका सह निर्माता विशाल श्रेष्ठ हुन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स रहेको छ । चलचित्रको वितरण जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको छ।